काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ ।
अधिकारीमाथि अवैध रुपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग सङ्लग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौ ल्याइएको थियो ।
उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए ।