रवि लामिछानेलाई १३ दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई १३ दिन थुनामा राख्न अदालतको अनुमति

rabi court 4

फाइल तस्बिर

पोखरा ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न  आइतबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा कार्यकर्ताले भने आज पनि पोखरामा विराेध प्रदर्शन गरेका छन् । जसका कारणा पोखराको  मुख्य चोकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।  पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र पक्राउ परेका हुन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया