ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो, अदालतमा उपस्थित

सहकारी ठगी प्रकरण

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो, अदालतमा उपस्थित

devkumar-nepali.2024-09-21-11-45-04

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कास्कीमा बुझाएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका नेपालीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

जिल्ला अदालत बागलुङले असोज १४ गते नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। उनी उक्त सहकारीमा संस्थापक अध्यक्ष समेत हुन्।

कास्की प्रहरीले सहकारी अपचलनको अनुसन्धानका लागि केही दिन अघि बागलुङ प्रहरीलाई पत्राचार गरेको थियो।

अदालतमा उपस्थित

नेपालीलाई आजै कास्की अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको हो।

मेयर नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए। इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा कास्की रास्वपा सभापति रवि लामिछानेसँगै उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

प्रतिक्रिया