कपिल पोखरेल नेतृत्वको अफिन गण्डकीले पायो पूर्णता

कपिल पोखरेल नेतृत्वको अफिन गण्डकीले पायो पूर्णता

aphin

पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी कार्यसमितिले पूर्णता पाएको छ । नयाँ समितिको पहिलाे  बैठकले सदस्य, आमन्त्रित सदस्य, सल्लाहकार, कानुनी सल्लाहकार र मिडिया स्वास्थ्य सल्लाहकार चयन गरेसँगै पूर्णता पाएको हो ।

सदस्यमा डाक्टर सञ्जय कोइराला (आविष्कार हस्पिटल) , आमन्त्रित सदस्यमा डाक्टर केशव शर्मा, डाक्टर अमृत केसी, कल्पना पौडेल घिमिरे र रामचन्द्र सिग्देल चयन भएका छन् । समितिको सल्लाहकारमा संस्थापक अध्यक्ष अशोक पालिखे, प्राडा. बुद्धिबहादुर थापा, प्राडा. भरतबहादुर खत्री, डा. प्रेमबहादुर पुन, डा. ऋषिराम ढकाल, डा.आनन्द भट्टराई, नरेन्द्र बास्तोला छन् । त्यसैगरी मिडिया स्वास्थ्य सल्लाहकार ऋषि खतिवडा र कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद पण्डित रहेका छन् ।

गत कात्तिक १० गते भएको तेस्रो अधिवेशनले चरक मेमोरियका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन गरेको थियो । समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल), सदस्यमा डाक्टर चन्द्रबहादुर मिश्र (मेट्रोसिटी हस्पिटल), जगन्नाथ गौतम ( पोखरा ॐ हस्पिटल),महेन्द्र केसी(पार्कल्यान्ड हस्पिटल),सविन अधिकारी रिजनल हस्पिटल) छन् ।  अफिनको निवर्तमान अध्यक्ष डाक्टर गिरधारी शर्मा हुन् ।

प्रतिक्रिया