पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी रहेको बताएका छन् । उनले दीर्घकालीन योजना नबनाइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएकाले अहिले अन्तर्राष्ट्रिय उडानमा समस्या भएको बताए ।
‘सरकारले पूर्वाधार निर्माण गर्दा योजनावद्ध रुपमा दिर्घकालीन रुपमा सोच्नु पर्दछ, ’उनले भने,‘ विमानस्थल निर्माण गर्ने मात्र योजना बनाइयो, सञ्चालन र व्यवस्थापनमा कम ध्यान जादा अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो, यसमा सरकारको ध्यान जानु पर्दछ ।’
उनले विमानस्थल मात्र नभइ अन्य पूर्वाधार निर्माण गर्दा सुक्ष्म ढंगले अध्ययन, अनुसन्धान दिर्घकालीन महत्वलाई हेरेर निर्माण गर्नुपर्ने बताए । उनी आज समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै थिए । निमार्ण भएर सञ्चालनमा आएको पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । केही चार्टर उडान मात्र भएका छन् ।