पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी फुट्ने हल्ला मात्रै भएको बताउँदै पार्टी एक ढिक्का भएर अगाडि बढ्ने दाबी गरे । उनले आगमी मंसिर १६ गते हुन उपनिर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने बताए ।
उनले दुई ठूला पार्टी मिले बनेको सरकारले देखिने गरी काम गर्ने नसकको भन्दै आलोचना गरे । सहकारी ठगी प्रकारणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्देशलाई सफाउन नहुने भनाइ उनले राखेका थिए । उनले सहकारी अनुगमन फितलो हुँदा नै बेथिति देखिएकोले अनुगमन प्रणालीलाई बलियो बनाउनु पर्ने बताए ।
समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन कास्की सचिव भीम थापाले गरेका थिए ।