रविका साझेदार छविलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति

रविका साझेदार छविलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति

chhabilal-joshi

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक रहेको जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनलाई अनुसन्धानको लागि सोमबार रुपन्देही लगेर बुधबार पोखरा ल्याइएको थियो ।

सहकारीहरुबाट छविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया