रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

rabi court 4

फाइल तस्बिर

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । उनी गत शुक्रबार काठमाडौंमा पक्राउ परेका थिए ।

सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया