महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

nepal_team_saff_women_final_gm7sgRbBwZ

तस्बिर एन्फा

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल्नेछ । दिउँसो साढे १ बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ ।

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बंगलालादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बंगलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ । नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए । भुटानले श्रीलंकालाई ४–१ ले पराजित गर्‍यो । नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ । दुबै सेमिफाइनल खेल आइतबार हुनेछ भने फाइनल खेल बुधबार हुनेछ । नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेको छ ।

प्रतिक्रिया