पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण

पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण

bachhi_rZHoVdrGu8

तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ ।

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

 विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीको भनाइ छ ।

प्रतिक्रिया