प्रशासनले तोक्यो कास्कीमा निषेधित क्षेत्र, कुन कुन ठाउँ छन् त ?

प्रशासनले तोक्यो कास्कीमा निषेधित क्षेत्र, कुन कुन ठाउँ छन् त ?

Kaski-Cdo_BD1wXZsKPr

पोखरा । सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा भइरहेको प्रदर्शनलाई ध्यान राखेल कास्की जिल्ला प्रशसन कार्यालयले निषेधित क्षेत्र तोकेको छ ।

प्रशासनले कास्की जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शनगर्न नपाइने गरीे निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई आज आइतबार कास्की प्रहरीले जिल्ला अदालत कास्की लगेर अनुसन्धानका लागि थप समय हिरासतमा राख्ने अनुमति लिँदैछ । कात्तिक २ गते शुक्रबार काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई गाडीमार्फत पोखरा ल्याई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटन पोखरा क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार मध्यान्ह निषेधित क्षेत्रको आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा भनिएको छ‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८१÷०७÷०४ गते बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगर पालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
निषेधाज्ञा लागू हुने क्षेत्रको चार किल्लाः
१. सहिदचोक आसपासका क्षेत्रः
पूर्व तर्फः वाई चोक (उत्तर पूर्व तर्फ मिलनचोक) पश्चिमतर्फः फिस्टेल गेट (बैदाम)
उत्तर तर्फः मालपोत कार्यालय, कास्की दक्षिण तर्फः मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडी, ड्यामसाईड)
२. गैह्रापाटन आसपासका क्षेत्रः
पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्र ।

प्रतिक्रिया