पोखरामा मनाइयो ६९ औं प्रहरी दिवस

पोखरामा मनाइयो ६९ औं प्रहरी दिवस

police

पोखरा । प्रदेश प्रहरी कार्यालय गण्डकीको आयोजनामा “अपराध रोक्ने संकल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान”  भन्ने नाराक साथ नेपाल प्रहरीले मनारहेको ६९ औं प्रहरी दिवस कार्यक्रम आज  पोखरामा भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमके उदघाटन गरे । उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैव जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताइन् ।  सिंहले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको शुभकामना सन्देश समेत बाचन   गरेकी थिइन् ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायधीश डा. रतनबहादुर वागचन्द, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी सन्तोष बल्लभ पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया