पोखरा । नेपालीहरुको महान पर्व दसैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो
आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेपछि पोखरा बजारमा पनि चहल पहल बढेको छ ।
आज दसैंके टीका पछिको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दसैको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।
खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् । दसैको मुख्य दिनमा टीका लगाउन नभ्याएहरुले पूर्णिमासम्म टीका लगाउने गर्दछन् । कोजाग्रत पूर्णिमा यस वर्ष कात्तिक १ गते परेको छ ।