पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने

पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने

3

पोखरा । पोखरा महानगर भित्रका सडकलाई अब मेसिन प्रयेग गरी सफा गरिने भएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको सफाइका लागि मेसिन नै प्रयोग गर्न लागिएको नगर प्रमुख आचार्यले बताए । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।

३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको उक्त मेसिन ४९ हर्ष पावर क्षमताको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्नेछ । यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ ।

ब्रुमरले नगर क्षेत्रका मुख्य, सहायक र भित्री गल्लीहरू समेत सफा गर्नेछ । मेसिन केवल स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने छ । यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । महानगरपालिकाले सडक सफाइका लागि ठूलो संख्यामा सफाइकर्मीहरू समेत परिचालन गरेको छ ।

प्रतिक्रिया