पोखरा । आज आश्विन शुक्ल पक्षको एकादशी। । बडादसैंको टीका लगाउने क्रम आज पनि जारी छ । आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ ।
विजया दशमीको मुख्य दिन हिजो टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण गर्ने गर्दछन् । बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन् । टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रमसँगै दसैं पर्व सकिन्छ ।