गोरखा । गोरखाको पालुङटार नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक युवतीको हत्या भएको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा बुधबार राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण भएको प्रहरीको भनाइ छ ।
कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको हो । हत्या कसले के कारणाले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । कुमालको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।