पोखरा वडा नम्बर ५ मा ब्याडमिन्टन प्रतियोगिता सुरु

खेलकुद

पोखरा वडा नम्बर ५ मा ब्याडमिन्टन प्रतियोगिता सुरु

1

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मालेपाटनस्थित वडा कार्यालयसँगै रहेको रवीन्द्र स्मृति बाटिकामा सुुरु भएको खेलको संघीय संसाद दामोदर वैरागी पौडेलले उद्घाटन गरे । उनले वडाध्यक्ष विष्णुप्रासद बराल र सहभागी खेलाडीसँग केहीबरे ब्याडमिन्टन समेत खेलेका थिए ।


नेपालीका पर्व विजया दशमी, तिहार, छठ, नेपाल सम्वत्सहितका पर्वको शुभकामना आदानप्रदानसहित स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा १९ टिम सहभागी भएको कार्यक्रम संयोजक तथा वडा सदस्य मणिराज बरालले जानकारी दिए ।
असोज १९ गतेसम्म चल्ने प्रतियोगताको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।

‘वडाले वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिउको हो’, वडाध्यक्ष बरालले भने, ‘खेलकुदका पूर्वाधारमा वडा अगाडि रहेको र प्रतियोगिताले ब्याडमिन्टनका खेलाडीलाई प्रोत्साहन मिल्ने विश्वास लिएका छौं ।’

वडामा ब्याडमिन्टनसहित फुटबल, फुटसल, बास्केटबल, क्रिकेट, भलिबल, एथलेटिक्स लगायतका खेलको लागि आवश्यक पूर्वाधार समेत रहेका छन् ।

कार्यक्रममा संघीय सांसद दामोदर वैरागीले नेपालीको पर्वहरुको शुभकामना दिँदै स्वास्थ्यका लागि खेलकुद आवश्यक भएको र यसले भाइचाराको सम्बन्ध स्थापित गराउने बताए ।

वडा सदस्य मणिराज बरालको अध्यक्षमा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य, कार्यपालिका सदस्य हरिमाया विक, वडा सदस्य गोविन्दप्रसाद पराजुली, अर्का वडा सदस्य कल्पना भुवाजु क्षेत्री लगायतले प्रतियोगिता तथा वडाका गतिविधिका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया