पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्दै सांसदबाट हटाएको थियो ।
गत भदौ २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।बयान दिएका ती युवकलाई भने भने अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।