त्रिभुवन विश्वविद्यालयले २०५८ देखिका विद्यार्थीलाई मौका परीक्षा संचालन गर्ने

त्रिभुवन विश्वविद्यालयले २०५८ देखिका विद्यार्थीलाई मौका परीक्षा संचालन गर्ने

TU building photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित सूचनामा मानबिकी तथा सामाजिक शास्त्र, व्यवस्थापन , शिक्षा ,कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विस.२०५८ साल देखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा संचालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया