छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?

छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?

Chhabilal-Joshi

काठमाडौं ८ असोज । सहकारीको बचत रकम अपलचन गरेको आरोपमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर पश्न गरेका थिए ।

जवाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएका थिए । उनले रविलाई पक्राउ गरेपछि मात्र आफूलाई पक्राउ गर्नुपर्ने बताएको उनलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले बताएका छन् । ‘कानुनी भाषा र अनुसन्धानको पक्षबारे म पनि जानकार नै छु, रविजीलाई पक्राउ गरेपछि मलाई पक्राउ गर्नुपर्ने हो, मलाई फसाउने रविलाई छाड्ने याेजना हो यो राजनीतिक सौदाबाजी ? यसो भयो भने राम्रो हुँदैन,’ एक उच्च प्रहरी अधिकृतलाई फोन गरेर भनेका थिए ।

आइतबार पक्राउ गरी जोशीलाई पोखरा ल्याइएकोमा सोमबार ५ दिनको म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रतिक्रिया