राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुरस्कार

राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुरस्कार

राष्ट्रिय भलिबल टोलीका खेलाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले २ लाख रुपैयाँ पुरस्कार पाए।

सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको हो।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो।

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो।

यसअघि, प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गरे।

आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न ओलीले आग्रह गरे।

प्रतिक्रिया