पत्रकारितामा विस्वसनियता कायम राखौँ

पत्रकारितामा विस्वसनियता कायम राखौँ

प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको उल्लेख गरेका छन्।

उनले भने, ‘पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने छ।

डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘आम जनताले जुनसुकै माध्यमलाई पत्रकारिता मान्ने धारणा विकसित भएकाले त्यस्ता भ्रमलाई हटाएर जान सक्नुपर्ने छ। डिजिटल पत्रकारिताको ज्ञानले पत्रकारलाई प्रतिस्पर्धामा आउन सहज हुने भएकाले सम्बोधन गर्न काउन्सिल तत्पर छ’, उनले प्रष्ट पारे।

नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाले पत्रकारितामा सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने भएकाले व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक हुने उल्लेख गरे।

पत्रकारिता सिकेर कहिल्यै नसकिने विषय भएकाले हरेक पटकको समाचारमा लेख्दा पत्रकारको लागि नयाँ सिकाई हुने उनको भनाई थियो।

नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले मिडिया प्राविधिक विषय भएकाले प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिए।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजिकरण गरेको कार्यक्रममा अनलाइन (न्युज पोर्टल र युट्युब सञ्चालन, मोजा) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा तालिममा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको थियो।

सहभागीमध्येका मिलन खालिङ र सुनिता आचनर्यले तालिम उपलब्धिपूर्ण भएको र सिकेको सीप प्रयोग गरेर पत्रकारिता गरिरहेको बताए।

गत असारमा काउन्सिलको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका पत्रकारको लागि तालिम दिएको थियो।

दूरशिक्षा प्रणालीका माध्यमबाट संचालन गरिएको प्रशिक्षण ५ दिनसम्म दैनिक ४ घण्टा संचालन गरिएको थियो।

तालिममा न्यु मिडियाविज्ञ करुण थापा र सहना बज्राचार्यले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया